Sunday December 16, 2018 | |

अाठै सरकारलार्इ दुर्इ तिहार्इको विश्वास

featured-news

काठमाडौँ । यी दुर्इ महिनाको अन्तरालमा मुलुकमा ८ वटा सरकार बने । यी सबै सरकार दुर्इ तिहाइको विश्वासको मत समेत पाएका छन् ।

अाइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ संसदको दुई तिहाई मत जुट्यो । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा खसेका २ सय ६८ मध्ये ओलीको पक्षमा २ सय ८ मत परेको छ, जुन को दुई तिहाई मत हो। प्रधानमन्त्री ओलीको विपक्षमा जम्मा ६० मत परेको छ।

केन्द्र सरकारका प्रधानमन्त्री ओलीले मात्र होइन, विश्वासको मतका लागि ७ मध्ये ५ वटा प्रदेशका मुख्यमन्त्रीहरुले विश्वासका प्रस्ताव पेश गर्दा दुई तिहाई बहुमत हासिल गरिसकेका छन्। प्रदेश सभामा एउटै दलको बहुमत नभएको स्थितिमा नियुक्त मुख्यमन्त्रीले र प्रतिनिधि सभामा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने सम्बैधानिक प्रावधान छ।

तर, मतदान भएका सबै प्रदेशका मुख्यमन्त्रीले दुई तिहाई मत हासिल गरेका छन्। अाइतबार नै प्रदेश-५ मा विश्वासको मतका लागि मतदान भयो, त्यहाँपनि मुख्यमन्त्री पोखरेलले दुई तिहाईका साथ विश्वासको मत हासिल गरे ।

प्रदेश–१ मा एमालेका शेरधन राई मुख्यमन्त्री छन्। त्यहाँ एमालेको एकल बहुमत रहेकाले उनले विश्वासको मत लिनु परेन। तर माओवादी केन्द्रको समेत साथ रहँदा प्रदेश–१ को एमालेको एमाले ५१ र माओवादी केन्द्रको १५ गरी वामगठबन्धनको पक्षमा ६६ मत छ, जुन ९३ सदस्यीय प्रदेश सभाको बहुमत हो।

कसैको बहुमत नरहेको प्रदेश–२ को प्रदेश सभामा राजपाको समर्थनमा संघीय समाजवादी फोरमका लालबाबु राउत मुख्यमन्त्री बने। उनले १० फागुनमा विश्वासको मत लिँदा ८२ मत पाए, जुन १ सय ७ सदस्यीय प्रदेश सभाको दुई तिहाई मत हो।

राउको पक्षमा वामगठबन्धनले पनि मतदान गरेकाले दुई तिहाई बहुमत जुट्न सकेको थियो। त्यहाँको प्रदेश सभामा फोरमको २९ र राजपाको २५ गरी ५४ मतमात्र थियो। तर, २१ सदस्य रहेको एमाले र १५ सदस्य रहेको माओवादी केन्द्रले मतदान गरेपछि राउत दुई तिहाई सहितका मुख्यमन्त्री बने।

प्रदेश–३ मा पनि एमाले एक्लैको बहुमत भएकाले मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु परेन। यस प्रदेशको सभामा एमालेका ५८ र माओवादी केन्द्रका २३ सदस्य छन्। र, यो संख्या १ सय १० सदस्यीय प्रदेश सभाको दुई तिहाई भन्दा धेरै हो। त्यसैले, यो प्रदेशका मुख्यमन्त्रीलाई पनि दुई तिहाइको समर्थन छ।

२५ फागुनमा भएको मतदानमा प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दुई तिहाई मत पाएका छन्। ६० सदस्यीय प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा ४१ मत परेको थियो भने विपक्षमा जम्मा १७ मत परेको थियो। गुरुङले दुई तिहाई भन्दा एक मत बढी पाएका थिए।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले कूल ८७ सिट रहेको प्रदेशसभामा पोखरेलको पक्षमा ६६ मत परेको छ, जुन दुई तिहाई भन्दा धेरै बढी हो। विपक्षमा जम्मा १८ मत खस्यो।

प्रदेश–६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १६ फागुनमा विश्वासको मत प्राप्त गरेका थिए। उनले पनि त्यहाँ दुई तिहाई प्रदेश सभा सदस्यहरुको विश्वास हासिल गरे। ४० सदस्यीय प्रदेश-७ को प्रदेश सभामा मुख्यमन्त्री शाहीले ३२ मत प्राप्त गर्दा विपक्षमा जम्मा ६ मतमात्र परेको थियो।

प्रदेश-७ का मुख्यमन्त्री त्रिलोचन भट्टपनि दुई तिहाई बहुमतको मुख्यमन्त्री हुनबाट चुकेनन्। उनले २२ फागुनमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिएँ। कूल ५३ सदस्य रहेको प्रदेश–७ को सभामा भएको मतदानमा मुख्यमन्त्री भट्टको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १० मत खसेको थियो।

यी मध्ये प्रदेश–१, ३, ४, ५, ६ र ७ मा एमाले–माओवादी केन्द्रबीचको गठबन्धनका कारण दुई तिहाई मत हासिल भएको हो भने प्रदेश–२ मा फोरम–राजपालाई वामगठबन्धनले मत दिएपछि दुई तिहाई मत जुरेको हो।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement