Friday October 19, 2018 | |

आधुनिक देउडामा जम्दै अछामी माग्ने बुढा : ‘पिरतीका देश’ आयो बजारमा

featured-news

काठमाडौं । सुदुरपश्चिम तथा मध्यपश्चिमका चर्चित हाँस्यकलाकार जनक साउँद ‘अछामी माग्ने बुढा’ यतिबेला चर्चामा छन् । प्रायःजसो रंगमञ्चमा आफ्नो कस्सिलो हाँस्यव्यङ्ग्यका साथ देखिने साउँदलाई अब आधुनिक देउडा गायनको क्षेत्रमा भेटिन थालिएको छ ।


पछिल्लो पटक साउँदले ‘पिरतीका देश’ नामक गीत बजारमा ल्याएका छन् । नेपाली देउडा जगतमा पहिलो पल्ट आधुनिक रुपमा प्रस्तुत गरिएको दाबी गर्दै उक्त गीत प्रस्तुत गरिएको छ । जनक साउँद र जानिका साउँदको स्वर रहेको गीतको शब्द र लय साउँद आफैले सिर्जना गरेका छन् ।


खप्तड डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको गीतको निर्देशन साउँद स्वयंले गरेका छन् भने छायांकन अमित विक र सम्पादन अनुप विकले गरेका छन् ।


अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गर्दै गीतको रेकर्डिङ कर्णाली अडियो भिडियो रेकर्डिङ सेन्टर अत्तरियामा गरिएको हो । गीतको एरेन्जर सुनिल सागर रहेका छन् ।


गीतको म्युजिक भिडियो आधुनिक शैलीमा निर्माण गरिएको सो गीतमा प्रयोग गरिएका शब्द, लय तथा भावले सुदूरपश्चिम तथा मध्यमश्चिमको मौलिकता झल्काएको पाइन्छ ।


गीतमा साउँदले भनेका छन्–
‘रिबन लाया झडिजाला साइका काला केश
हिँड् सुवा घुम्नाकी बाइजाउँ पिरतीका देश’

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement