Saturday May 26, 2018 | |

अामिरको नयाँ अवतार 'ठग्स अफ हिन्दुस्तान'

featured-news

मुम्बई । बलिउडका सुपरस्टार आमिर खानले आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा फरक अवतारमा देखिन थालेका छन् । चलचित्रको कुनै पनि तस्विर अाधिकारिक रूपमा सार्वजनिक भएका छैनन् । उनले यो चाहेका पनि थिएनन् तर उनको फिल्मका केही तस्वीर सार्वजनिक भएकै छन् ।

यतिबेला भने फिल्मको टाइटल ट्रयाक शूटिङ भइरहेको छ । जहाँ क्याटरिना कैफ पछि आमिर खान र फातिमा सना शेखको तस्वीर पनि लिन भएको छ । केही समय पहिले मात्र आमिर र क्याटरिनाको तस्वीर लिक भएको थियो ।

लिक भएको तस्वीर हेर्दा लाग्छ, गीतका लागि ठूलो सेट बनाइएको छ र बढी संख्यामा अन्य कलाकारलाई पनि नचाइएको छ । यो गीतलाई तडक भडक गीतका रुपमा पनि हेरिएको छ फिल्मको ।

ठग्स अफ हिन्दुस्तान सन् १८३९ मा प्रकाशित मेडोज टेलरको उपन्यास ‘कन्फेसन्स अफ ठग’ मा आधारित छ । यस फिल्ममा एक युवा आफ्नो पूरै ग्याङका साथ अंग्रेज सरकारसँग लडाइँ गर्न तयार हुन्छ । फिल्ममा आमिर, क्याटरीना, फातिमाका साथ अमिताभ बच्चन पनि देखिनेछन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement