Thursday April 19, 2018 | |

चितवन निकुञ्जका कर्मचारी र सेनालार्इ माछा खान प्रतिबन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा खटिएका नेपाली सेना तथा त्यहाँका कर्मचारीहरूलार्इ निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाएको छ ।

मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

उनका अनुसार निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाएकाे हो।

नदीहरुमा रहेका माछा दुर्लभ जलचर गोहीको मुख्य आहारा हो । माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्तै इजाजत भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइँदै अाएको छ।

निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन् ।

निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीयरुपमा नै बस्ने गर्दछन् । निकुञ्जले यसअघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement