Friday November 16, 2018 | |

नेपाली जनसम्पर्क समिति अमेरिकाले दियो नेपाल सरकारलाई विरोधपत्र

featured-news

न्यूयोर्क । नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारलाई विरोधपत्र दिएको छ ।


न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयमा बुझाइएको विरोधपत्रमा सरकारका क्रियाकलाप अधिनायकवादी, जनबिरोधी र असंवैधानिक भएको दाबी गरिएको छ ।


उप महावाणिज्यदूत पुष्पकुमार भट्टराईलाई भेटेर नेपाली जनसम्पर्क समितिका सभापति एवं नेकाका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको ध्यानाकर्षण गराउन विरोध पत्र बुझाएको हो ।


पत्र बुझाउने टोलीमा संस्थाका केन्द्रीय सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास लामा, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति अमर तामांग, सदस्य उमेश थापा, शिव बानियाँ, संस्थाका सल्लाहकार आंगदावा शेर्पा, राजन विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement