Monday July 16, 2018 | |

लेखनाथ साहित्य पुरस्कार डा जगमान गुरुङलाई

featured-news

कास्की । लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार—२०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङलाई प्रदान गरिने भएको छ । कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारजनद्वारा स्थापित पुरस्कारको राशि रु ५० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत डा गुरुङलाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिए । कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका छवटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन् । प्रतिष्ठानका सल्लाहकार तथा पुरस्कार अक्षयकोषका अध्यक्ष डा शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङको नाम सिफारिश गरेको हो । समितिमा प्रा डा रविलाल अधिकारी, डा प्रतिभा पाण्डे, रमा शर्मा र सदस्य–सचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष ढकालले कवि शिरोमणि लेखनाथ पौडेलको १३४ औँ जन्मजयन्तीको अवसरमा पुस १५ गते कविको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका–७ अर्घौं अर्चलेमा आयोजना हुने बृहत् साहित्यिक समारोहमा प्रदान गरिने छ जानकारी दिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News