Monday December 10, 2018 | |

जलविद्युतमा लगानी गर्न नेपाल र बंगलादेशबिच समझदारीपत्रमा हस्ताक्षर

featured-news

काठमाडौं । भारत र चीनपछि अब बंगलादेशले पनि नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ ।


शुक्रबार नेपाल र बंगलादेश दुई देशबिच भएको सम्झौतापछि अब नेपालको विद्युत क्षेत्रमा बंगलादेशले पनि सहयोग गर्ने भएको हो ।


उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री नसरुल हमिदबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


समझदारी अनुसार बंगलादेशले नेपालबाट ५ सय मेघावाट विद्युत खरिद गर्न पाउने गरी दुवै मुलुकबीच जलविद्युत क्षेत्रमा लगानी बढाउनेछ जसका लागि भारतसँग समन्वय गरेर विद्युत प्रशारण लाइन बनाइनेछ ।


बंगलादेशका पावर, इनर्जी तथा मिनिरल्स रिर्सोसेस राज्यमन्त्री हमिदले नेपालको जल विद्युतमा लगानी गर्न दुई मुलुकबीच समझदारी गरिएको र सौर्य उर्जाको लागि समेत नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement