Thursday October 18, 2018 | |

पाल्पा–पोखरा पर्यटकीय बस सञ्चालन, प्रतिव्यक्ति भाडा ६ सय

featured-news

पाल्पा । पाल्पादेखि पोखरासम्म पर्यटकीय बस सञ्चालन गरिएको छ ।


प्रदेश नं ५ का सांसद डा. पुरन बज्राचार्यले पर्यटकीय बस सेवाको शुभारम्भ गर्दै सेवालाई निरन्तरता दिनुपर्ने बताए । उनले सो सेवाको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।


तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जिल्लाको पर्यटन विकासका लागि पर्यटकीय बस सेवाले निरन्तरता पाउनुपर्ने बताए ।


पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा सञ्जोग ट्राभल्सले पर्यटकीय बस सञ्चालन गरेको हो ।


पाल्पादेखि पोखरासम्म प्रतिव्यक्ति भाडा ६ सय रहेको छ । बस हरेक दिन पाल्पा र पोखराबाट बिहान ८ बजे छुट्नेछ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement