Sunday December 16, 2018 | |

विमानस्थलको सुरक्षा कार्यविधि उल्लंघन गर्दै पूर्वप्रधानमन्त्री देउवाको स्वागत

featured-news

चितवन । नागरिक उडड्यान कार्यालय भरतपुरले बैशाख १ गतेदेखी भरतपुर बिमानस्थलमा निषेधित क्षेत्र प्रवेशमा कडाई गर्न र बिमानस्थलको सुरक्षा व्यवस्था मजवुत बनाउन नया कार्यविधि जारी गरेको छ ।

यस अघि भरतपुर विमानस्थलले जिल्लाका विभिन्न पार्टीका सभापति तथा पार्टी प्रतिनिधिहरुसंग छलफल गरि बिमानस्थलको सुरक्षा व्यवस्था मजवुत बनाउन नया कार्यविधि जारी गर्न लागेको बरेमा जानकारी गराएको थियो ।

उक्त छलफलमा उपस्थित पार्टी सभापति तथा पार्टी प्रतिनिधिहरु विमानस्थलको सुरक्षा कन्जुसाई नगरि नया कार्यविधि जारी गर्न सहमति जनाएका थिए । तर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा भरतपुर आउदा बिमानस्थलको नया कार्यविधि उल्लघंन भएको छ ।

कार्यविधि अनुसार भीभीआईपी आउँदा १५ जनासम्म र भीआईपी आउदा बढीमा १० जनासम्मलाई मात्रै प्रवेश पास दिइने व्यवस्था छ । तर सोमबार कांग्रेस सभापति देउवा आउदा उक्त कार्यविधिको ठाडै उल्लघंन भएको छ । सभापति देउवालाई स्वागत गर्न नेता कार्यकर्ताहरु निषेधित क्षेत्रमा पास बिना नै प्रवेश गरेका थिए ।

पुर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई स्वागत गर्न १० जनामात्रै प्रवेश गर्नुपर्नेमा बिमानस्थलको निषेधित क्षेत्रमा पचास जना भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेका थिए । यसरी बिमानस्थलको कार्यविधि उल्लघंन हुँदा समेत बिमानस्थल प्रशासन निरिह भएर बसेको थियो ।

सभापति देउवालाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला प्रहरी प्रमुख दिपक थापा, भरतपुर महानगरपालिककी उपप्रमुख पार्वती शाह, नेपाली काग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ लगायत अन्य नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

नागरिक उडड्यान कार्यालय भरतपुरका प्रमुख पवन गौतमले सुरक्षामा खटिएका सुरक्षाकर्मीका कारण कार्यविधि कार्यान्वयन गर्न नसकिएको बताए । बैशाख १ गतेदेखी नै कार्यविधि कार्यान्वयनमा ल्याएका छौं, उनले भने,तर सोमवार कांग्रेस सभापति आउदा सुरक्षामा खटिएका सुरक्षाकर्मीले रोक्न नसकेका कारण कार्यान्वयन गर्न सकेनौं ” यसबाट पाठ सिक्दै सुधार गरेर अघि बढ्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने कार्यविधिका विषयमा आफूलाई केही थाहा नभएको संचारकर्मीलाई प्रतिकृया दिए ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement