Monday November 20, 2017 | |

नेपाल पहिलोपटक यु १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन भारत बाहिरियो

featured-news

२८ कात्तिक, काठमाडौँ । १९ वर्षमुनीको एसिया कप क्रिकेटममा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नेपालले मलेसियालाई साथै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो । समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग खेल्नेछ । मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ । मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई पराजित गरेको थियो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement