Wednesday September 19, 2018 | |

मुलधारबाट अलग भएकाहरूलार्इ पार्टी एकतामा आउन प्रचण्डको अाग्रह

featured-news

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन्।

उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गर्नुभएका डा बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन आग्रह गरे ।

'शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । बिग्रिएको केही छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ,' उनले भने।

उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गरे।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement