Wednesday September 19, 2018 | |

"एउटा यस्तो प्रेम कहानी"मा शिव श्रेष्ठ छोरालार्इ नायकको रूपमा डेव्यु गराउँदै

featured-news

गत केहि दिन आघि शुभ मुहुर्त संगै चलचित्र निर्माणको घोषणा गरिएको छ । गत केहि दिन अघि राजधानीको लाजिमपाटस्थित टल र्याडिशनझमा फिल्मको सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा
फिल्मको मुहुर्त गर्दै सिनेमा निर्माणको घोषणा गरिएको थियो ।

मुहुर्त समारोहमा उपराष्ट्रपति पुनले अहिले सम्मका चलचित्रभन्दा फरक र राम्रो बनोस् भनेर शुभकामना दिनुभएको छ । ग बजेटमा निर्माण हुने यस चलचित्रलाई नेपाली तथा पाकिस्तानी चलचित्रका एक्सन किङ्गझ शिव श्रेष्ठले निर्माण गर्न लागेका हुन् । सिनेमा लाई दिपेस सापकोटाले निर्देशन गर्ने भएका हुन् ।

एउटा यस्तो प्रेम कहानी" मा अभिनेता शिव श्रेष्ठले आफ्ना छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराउदैछन् जो अष्ट्रेलिया बस्दै आउनु भएकोछ । मल्टी स्टारर एवं बिग बजेटको फिल्म भनेर बजार तताइरहेको यस सिनेमाले तीनवटा देशबाट तीनजना कलाकार पनि झिकाएको छ । क्सन किङ्ग शिव श्रेष्ठको कथा र प्रस्तुति रहेको उक्त फिल्मका लागि सिङ्गापुरका मार्शल आर्ट च्याम्पियन प्रभू श्रेष्ठलाई झिकाइएपछि यसको द्वन्द्व पनि अन्य फिल्मको तुलनामा फरक रहने अपेक्षा गरिरहेकै बेला दर्जनौं हिन्दी फिल्ममा काम गरिसकेका र अहिले पनि सन्नी देओलको फिल्ममा खेलिरहेका नवराज विकलाई समेत खलनायकका लागि झिकाइएको छ ।

डीआईजीको भूमिकामा भने बहालबाला डीआईजी पवन खरेल नै रहेकोले चलचित्र प्रेमीहरूबीच उत्साहको सञ्चार भएको बताइन्छ । यो फिल्म आउँदो भदौमा रिलिज हुने निर्माण युनिटले जनाएको छ । चलचित्रका कथा, प्रस्तुतकर्ता एवं निर्माता शिव श्रेष्ठ स्वयम् रहेका छन् भने अन्य मूख्य निर्माताहरूमा दिनेश दर्शनधारी, यशोदा राई रहेका छन् । यसैगरी सह(निर्माताहरूमा सुनील कट्वाल, दिनेश थापामगर, खुम तामाङ, सुजन गौतम, रामनारायण शाह र निर्देशक तथा फोटोग्राफीमा सुशन प्रजापति रहेका छन् ।

एक महिनामै सुटिङ्ग सकेर आउँदो भदौमा रिलिज गर्नेगरी काठमाडौं, मकवानपुर, जनकपुर, वीरगन्ज, संखुवासभा र विदेशमा समेत सुटिङ्ग गरिने बताइएको छ । छवटा गीत रहेको उक्त चलचित्रमा अर्जुन पोखरेल, वसन्त सापकोटा र सन्तोष रजौरेलगायत तीनजना संगीतकारहरूले संगीत दिने भएका छन् । त्यस्तै, कविराज गहतराज, वसन्त श्रेष्ठ, गोविन्द राई र कमल राईलगायत चारजना नृत्यनिर्देशक रहने निर्माण टीमले जनाएको छ । अहिलेका युवा तथा दक्षिण भारतमा समेत ख्याति कमाएका रोशन भट्टराई द्वन्द्व निर्देशक रहेका छन् । आनन्द कार्की, अन्जु पन्त, विश्व नेपाली, विष्णु चेम्जोङ्ग, सन्तोष रजौरे र मीना निरौलाको स्वरमा गीत सुन्न पाइने बताइएको छ ।

ठमेल बजार र कालेदाई बाट चर्चित बनेकी नायिका माला लिम्बूले यो फिल्ममा पनि ञहलालझबोलको गीतमा धूम मच्चाउँदै छिन् । मूख्य कलाकारहरूमा प्रीयंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला र बसुन्धरा भूसाल र शिवानी गिरि लगायत दर्जनौँ चर्चित अनुहारहरू देख्न पाइने बताइएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement