Thursday July 27, 2017 | |

डोलेश्वर र आशापुरीमा एकमहिने साउने मेला सुरु

featured-news

१ साउन, काठमाडौँ । सूर्य्विनायक नगरपालिका– ८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहिने साउने मेला सुरु भएको छ । आज बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि ‘केदारनाथको शिर’ डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला सुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिए । आजदेखि सुरु भएको मेला महिना एक महिनासम्म चल्ने छ । समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने बताए । उनका अनुसार लामबद्ध भएको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी सूर्य्विनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहिने मेला सुरु भएको छ । सो मन्दिरको दर्शन गरेमा मनको इच्छा पूरा हुने जनविश्वास रहँदै आएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement