Thursday October 19, 2017 | |

धानमा खैरो फड्के कीराको प्रकोप

featured-news

२५ असोज, पाल्पा । धानबालीमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ । पश्चिम पाल्पामा धानको फूल फुल्नासाथ खैरो फड्के कीराको प्रकोप देखा परेको कृषकले बताएका छन् । अर्गली क्षेत्रमा लगाइएको धानबालीमा यसले निकै सताउन थालेको छ । जिल्लाको धान उत्पादनका लागि मुख्य पकेटक्षेत्र मानिएको अर्गली फाँटमा धानबालीमा खैरो फड्के कीराले बाली नै सखाप पारेको अर्ग कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताए । कीराको प्रकोप बढ्न थालेपछि बोट नै मर्न थालेको छ । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले निराकरणका लागि इमिडा क्लोपिरिड नामक विषादीको प्रयोग गर्न कृषकलाई सल्लाह दिएका छन । खेतमा पानी जमिराखेको अवस्थामा सो कीराले धानबालीलाई सताउने उनले बताए । खैरो फड्के कीराले धान पसाउने बेलामा आक्रमण गर्छ । डाँठमा बसी चुसेर खाएपछि धानको बोट नै मर्छ । यसको रोकथामका लागि कृषकले खेतमा पानी जम्न नदिने र जमेको पानी सुकाए खैरो फड्के कीराबाट बचाउन सकिने पाण्डेको भनाइ छ । यस वर्ष धानको उत्पादन घट्ने चिन्तामा कृषक छन् ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • Lakesha लेख्नुहुन्छ    |   2017-10-12 05:46:23

    Simply want to say your article is as amazing. The clarity in your put up is simply cool and that i could think you are a professional in this subject. Fine along with your permission let me to seize your feed to keep up to date with forthcoming post. Thank you 1,000,000 and please carry on the enjoyable work. My site; increase website speed (bit.do)





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement