Thursday January 17, 2019 | |

ढकालको निधनबाट काँग्रेस दुःखी

featured-news

काठमाडौं । नेपाली काँग्रेसले पाटीका पुराना नेता केशवप्रसाद ढकालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

 

काँग्रेसका तर्फबाट पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्तिमार्फत ढकालको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

 

काँग्रेस महासमिति सदस्य लोकेश ढकालका पिता केशवप्रसाद ढकालको गएराति चावहिल मैजुबहालस्थित आफ्नै निवासमा ८६ वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।

 

स्व ढकाल २००७ सालको क्रान्तिमा संलग्न थिए । क्रान्तिपछि सुवर्णशम्शेर राणा स्वदेश फर्कदा उनी पनि सँगै नेपाल फर्किएका थिए । उनका तीन छोरा र दुई छोरी छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement