Saturday July 21, 2018 | |

बाँकेमा चल्ने इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

featured-news

नेपालगञ्ज । यातायात व्यवस्था समिति बाँकेले जिल्लामा सञ्चालन भइरहेका इ–रिक्सा १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरेको छ ।


सोमबार बसेको समितिको बैठकले सोमबारकै मितिदेखि १५ दिनभित्र इ–रिक्सा दर्ता गर्न व्यवसायीहरुलाई जानकारी गराएको हो ।


तोकिएको समयभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरिएको छ ।


जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा रहेका छन् । केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकोमा त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News