Wednesday November 21, 2018 | |

काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत

featured-news

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरेको छ ।


सांसद राधेश्याम अधिकारीले प्रस्तुत गरेको उक्त प्रस्तावमा जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप सो विधेयक प्रस्तुत गर्न र अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न माग गरिएको छ ।


प्रस्ताव प्रस्तुत गर्दै सांसद अधिकारीले पछिल्लो समय चिकित्सा शिक्षा क्षेत्रमा ठूलो प्रगति भएपनि नियमनकारी निकाय र अनुगमनको पाटो ज्यादै कमजोर रहेको हुँदा डा. गोविन्द केसीको मागबमोजिम माथेमा आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

प्रस्तावको समर्थनमा सांसद अनिता देवकोटा र रमेशजङ्ग रायमाझी रहेका थिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement