मंसिर १३, कास्की । सोमबार बिहान गएको भूकम्पका कारण कास्कीको लेखनाथ नगरपालिकाको एक घरमा क्षति पुगेको छ ।
भूकम्पले लेखनाथ नगरपालिका वडा नं ४ जलधारेका रुद्रमोहन भट्टराईको एकतले पुरानो घर भत्किएको छ । डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले भट्टराईको घर भत्किएको जानकारी दिए । महराले गत वर्षको भूकम्पले चर्काएको उक्त घरमा बिहानको भूकम्पले थप क्षति पु¥याएको बताए ।
केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन् । बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७३ १९:१६