Sunday August 20, 2017 | |

नौ किलो सुनसहित नुवाकोटबाट दुई पक्राउ

featured-news

२९ साउन, नुवाकोट । अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई शनिबार नुवाकोट प्रहरीले पक्राउ गरेको छ । चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो । सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नंको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा छ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक घले र पछाडी बसेका तामाङलाई गेर्खुबाट नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाँच गरी फल्स बटम र शरीरमा बाँधेको अवस्थमा सुन बरामद गरिएको प्रनाउ कँडेलले बताए ।

 

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • Fran लेख्नुहुन्छ    |   2017-08-16 05:51:07

    Lee аnd Larrгy belovеd theіr sixth birthday party. Although they had been twins, Mommy and Daxdy alll the time made рositive they every had a particular time. And ᴡith their birthdays coming in December, Mommy and Daddy additionally all the time made sure theiг birthdays were special regardless that Christmas was right around the corner. The celebration was so fun with a clown and cake and songs and ᴡonderful reѕеnts from theіr Ьuddis and grandparenntѕ and սncle annd aunts. It glided by so fast but earlier than they knew it, evеryone had gone dwelling and іt was timе to scrub up and get ready for bed. Ηere is my website :: http://www.linux.ca





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement