Tuesday August 21, 2018 | |

एसिया कपको प्रारम्भिक टोलीमा भेषावकर परेनन्

featured-news


काठमाडाैं ।  नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले खेल गुमाउने भएका छन् । १९ सदस्यीय प्रारम्भिक टोलीमा उनको नाम परेको छैन ।


नेदरल्याण्ड्ससँगको एकदिवसीय खेलका क्रममा औंलामा चोट लागेका कारण उनी नेपालको प्रारम्भिक टोलीमा नपरेका हुन् । फिल्डिङका क्रममा दायाँ हातको कान्छी औंलामा चोट लागेपछि उनले दास्रो एकदिवसीय खेल पनि गुमाउनु परेको थियो ।


टिम म्यानेजर रमन सिवाकोटीका अनुसार उनको हातमा अगस्ट १ मा लगाइएको प्लास्टर खोल्न चार हप्ता लाग्ने छ । तर २९ अगस्टबाट एसिया कप छनोट खेल मलेसियामा सुरु हुँदैछ । यद्यपि अन्तिम टोली घोषणा गर्दा भने शरदलाई बोलाउने बाटो भने खुला देखिन्छ ।


अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् ।


छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ । यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्ने तालिका रहेको छ ।


त्यस्तै नेपाली टोलीका लागी ब्याटिङ प्रशिक्षकमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाइ आउने भएका छन् । उनी १४ अगस्टमा नेपाल आइपुग्ने बताइएको छ ।

 

यस्तो छ नेपाली प्रारम्भिक टोली :


कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्ऽ सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनील धमला र सुशान भारी ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News