Saturday October 20, 2018 | |

अमेरिकामा एक नेपालीको मृत्यु

featured-news

रुकुमः आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक नेपालीको मृत्यु भएको छ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो। एक्कासी मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उनको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिए।

मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम संस्कार गरिएको उनले बताए।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement