Thursday October 19, 2017 | |

नेपालको राजनीति बढी नै नेतामुखी भयोः शिवजी श्रेष्ठ, एथ्निक अफिसर, बेजिंगस्टक ळेबोर पार्टी

featured-news

ओखलढुंगा जिल्लामा जन्मिएका शिवजी श्रेष्ठ बेलायतको वेल्सस्थित ल्यानरोम्नी क्षेत्रको बेजिंगस्टक ळेबोर पार्टी एथ्निक अफिसर (प्रमुख) हुन । उनी ळेबोर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा पनि छन । श्रेष्ठ त्यहाँको लर्ड गभर्नरले स्थानीय स्कुलको एलई गभर्नरको नियुक्ति लिएर पनि काम गरिरहेका छन । श्रेष्ठ नेपाल प्रहरीका डीएसपी थिए । द्वन्द्व सकिने क्षणमा राजीनामा दिए र परिवारसँगै बेलायत बस्न थाले । प्रहरी सेवा र देश छाड्नुपरेकामा ‘पछुतो’ रहेको बताउने उनी बेला–बेला राहत–सहयोग लिएर नेपाल आइरहेका हुन्छन । यसपालि उनी फरक उपहार लिएर नेपाल आए, अस्पताललाई मेडिकल फ्रिज, सहासी प्रहरीका लागि सम्मान र ई–पुस्तकालयको लिएर ।

5
अस्पताललाई मेडिकल फ्रिज
मुख्य रुपमा हाम्रो च्यारिटी छ । बेलायतमा हाम्रो ओखलढुंगा जिल्ला समाज युके भन्ने छ । हामीले उक्त संस्था मार्फत ओखलाढुंगा जिल्लामा आज भन्दा ५६ वर्षअघि बनेको एउटा मिसन अस्पतालमा छ । जहाँ व्लड बैंक छ तर फ्रिज चाहिँ अडिनरी सामान्य खालकोमात्र छ । जुन बिरामीको स्वास्थ्यका लागि खतरनाक थियो । त्यही भएर मेरो पहलमा हामीले एउटा मेडिकल फ्रिजको लागि पहल गर्यौ र अहिले फ्रिज र वइङ मेसिन त्यो जर्मनी कम्पनीको मलेसियाबाट २ लाख ९१ हजारमा किनेर जिल्लामा लगेर हस्तान्तरण गर्यौ । यही कामका लागि म नेपाल आएको थिए ।

1
ओखलढुंगामा स्वागत गेट निर्माण गर्दै

ओखलढुंगामा स्वागत गेट निर्माण गर्दै बेलायतस्थित ओखलढुंगा जिल्ला समाजको अगुवाइमा ओखलढुंगा खोटाङ र सिन्धुलीको सीमामा वेलकम गेट (स्वागतद्धार) निर्माण हुँदै छ । त्यसको लागि उपयुक्त स्थान छनौट एबम स्थानीयसंग बैठक गर्न शिवजी ओखलढुंगा गएर फर्किसकेका छन् हरियाली बगैँचासहितको उक्त गेट आकर्षक बन्ने छ । जसका लागि १८ लाख खर्च हुने भएको छ । सुन्दर पार्कसहितको स्वागत गेटले एकपटक ओखलढुंगा गएको मान्छेले सधैँ सम्झिरहने उनको विश्वास रहेको छ ।

3 

१० हजार पुस्तकको इ–लाइब्रेरी
शिवजीका बुबा होमबहादुर र आमा प्रेमकुमारी श्रेष्ठको ५५ औँ विवाह उत्सवको अवसरमा १० लाख रुपैयाँको ‘होमबहादुर–प्रेमकुमारी ट्रष्ट’को घोषणा गरिएको थियो । मदन–पुरस्कार विजेता प्रसिद्ध सिमाबिद बुद्धि नारायण श्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको ट्रष्टको सदस्य सचिवमा नेपाल खेलकूद विकास संघका महासविच समेत रहेका रामविनय श्रेष्ठ छन । त्यही ट्रष्टबाट हामीले इ–लाइब्रेरी बनाउने निर्णय गर्यौ । जहाँ १० हजार पुस्तक अपलोड हुन्छ । सफ्टवेरमा ४ देखि ५ हजार एडुकेशनल भिडियोहरु त्यसमा हुनेछ भने स्कुलको पाठ्यक्रम समेत हालिएको हुनेछ । इन्टरनेट विनानै चल्नेगरी विकीपिडिया पनि राख्दै छौँ । ट्रस्टले ओखलढुंगामा दुइटा ई–पुस्तकालय खोल्दै छ । ट्रष्टले ई–पुस्तकालयका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराउनेछ । सिद्धिचरण ११ कै पारस्परिक सेवा अनुष्ठान र सिद्धिचरण १२ मा रहेको सगरमाथा जनता उच्च माविमा इ–पुस्तकालय सञ्चालन गरिने शिवजी श्रेष्ठले बताए । ट्रष्टले शिक्षा र स्वास्थ्यमा पिछडिएकालाई मूल धारमा ल्याउन सहयोग गर्ने मुख्य उद्देश्य राखेको उनले बताए । सगरमाथा जनता माविमा भने आवश्यक पुस्तकालय कक्ष र कम्प्युटर विद्यालयकै रहनेछ । पुस्तकालयका लागि आवश्यक इ–सफ्टेवरलगायत सामग्री ट्रष्टले उपलब्ध गराउने छ । कम्प्युटरमै बसेर आफ्नो कक्षाअनुसारको पाठ्यसामग्री र अन्य ज्ञानबद्र्धक पुस्तक अध्ययन ई–पुस्तकालयमार्फत सम्भव हुनेछ ।

2

बोलायती राजनीतिमा स्थापित हुँदै
संसदभर नेपालीहरुले आफ्नो उपस्थिति जनाउँदै गएका छन । त्यसरी उपस्थिति जनाउनेहरुले सम्बन्धित देशको स्थानीय राजनीतिमा समेत आफ्नो उपस्थिति मजबुद बनाउँदै लगेका छन । यस्तैको एउटा उदाहरण हो बेलायतका श्रेष्ठ । वेल्सस्थित ल्यानरोम्नी क्षेत्रको बेजिंगस्टक ळेबोर पार्टी एथ्निक अफिसर (प्रमुख) हुन । उनी लेबोर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा पनि छन । श्रेष्ठ त्यहाँको लर्ड गभर्नरले स्थानीय स्कुलको एलई गभर्नरको नियुक्ति लिएर पनि काम गरिरहेका छन । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथिनिक माइनोरिटी अफिसर छन् । त्यही हैसियतले उनी छनौट बोर्डमा परेका हुन् ।

SHIVA_JEE_SHRESTHA_AAJAKONEWS-1
बेलायतको राजनीति नीतिमुखी छ, नेपालमा नेतामुखी भयो
नेपाली राजनीति र बेलायतको राजनीतिको तुलना गर्न त मिल्दैन किनकी त्यहाँ सय वर्षदेखि स्थापित राजनीति छ । बेलायतमा नीतिमुखी राजनीति छ यहाँ नेपालमा नेतामुखी राजनीति छ । यहाँ जोसुकैले राजनीति गर्छ भनेको अन्य क्षेत्रमा असफल भएकाहरु पनि छ तर पछिल्लो समय राम्रा मानिसहरुको पनि प्रवेश भैरहेको छ । बेलायतको सन्दर्भमा रिटायर्ड भएकाहरु कुनै क्षेत्रमा राम्रोसँग स्थापित भएकाहरु, युनिभसिर्टीमा राम्रो डिग्री हाँसिल गरेकाहरु छन । त्यहाँ राजनीति व्यवसाय हैन सेवाको रुपमा रहेको छ । तर बिडम्बना हाम्रो नेपालमा राजनीति व्यवसायको रुपमा विकास भएको छ । व्यवसाय नाफामुखी हुन्छ, र नाफामुखी राजनीति फाइदा हेरेरै गरिन्छ तर त्यहाँ यस्तो हुन्न । यहाँ व्यक्तिलाई हेरेर भोट हालिन्छ तर यहाँ व्यक्तिलाई हेरेर भोट दिइन्छ । त्यहाँ पार्टीको नीति र सिद्धान्तलाई हेरेर मात्र भोट हालिन्छ । यहाँ उम्मेदवार छान्दा को कसको मान्छे भनेर हेरिन्छ तर बेलायमा जसको नीति राम्रो छ उसैलाई विभिन्न चरणको प्रक्रिया पार गराएर छनौट गरिन्छ ।

6

यसमा तपाईको मत

14 प्रतिकृयाहरू प्राप्त
  • Karin लेख्नुहुन्छ    |   2017-08-20 02:43:57

    When youre eagеr aboout a neww career as a paralegaⅼ, there are a variety of options which you can consider. You wkuld possibly rеsolve that being a freeⅼance parɑlegal is the way in whiсh that you wіsh to pursue this field. You can begin Ƅy weighing the professionaⅼs and cons of thiѕ exciting new method oof working in tthe paralegal field; annd you coᥙld resolve that its the most suitable choice fߋr you. my webѕite www.linux.org


  • Karol लेख्नुहुन्छ    |   2017-08-24 06:43:35

    Just desire to say your article What is limb lengthening surgery? as astounding. The clearness to your post is just great and i could think you are knowledgeable in this subject. Fine along with your permission let me to grab your feed to keep up to date with drawing close post. Thanks 1,000,000 and please keep up the gratifying work.


  • Pedro Emanuel लेख्नुहुन्छ    |   2017-08-29 11:15:53

    sempre lia menor artigos ou clientes que também limpar seus motivos, e isso também está acontecendo com isso artigo que estou lendo agora. Meu homepage - filmes dublados online


  • Pedro João Miguel लेख्नुहुन्छ    |   2017-08-30 07:12:45

    Download or listen to free movies, films, and videos. Aqui é meu weblog : joao kepler


  • Monika लेख्नुहुन्छ    |   2017-08-30 05:13:50

    What's up, this weekend is nice in support of me, since this moment i am reading this enormous informative article here at my residence. Also visit my website :: Ashleigh





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement