Monday December 10, 2018 | |

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

featured-news

काठमाडौं । अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड कायम गर्ने क्रम जारी नै रहेको छ ।


बुधबार अमेरीकी डलरको खरिद मूल्य १ सय १८ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रि मूल्य भने १ सय १९ रुपैयाँ ३३ पैसा कायम भएको छ । यो राष्ट्र बैंकले तोकेको मूल्य हो । अन्य बैंकहरुमा केही घटबढ हुन सक्छ ।


यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया ५४ पैसा रहेको छ ।


युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ ७० पैसा रहेको छ ।


जापानीज १० यनको खरिददर १० रुपैयाँ ४९ पैसा र बिक्रिदर १० रुपैयाँ ५४ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा र बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement