Thursday January 17, 2019 | |

काराबाओ कपको पहिलो लिगमा चेल्सी पराजित

featured-news

काठमाडौं । काराबाओ कप फुटबल प्रतियोगताको पहिलो लेगमा टोटनह्याम बिजयी भएको छ । टोटनह्यामले चिरप्रतिद्वन्द्वी चेल्सीलाई १–० हराएको हो ।

 

निकै प्रतिस्पर्धात्मक खेलको २६ औं मिनेटमा टोटनह्यामका लागि ह्यारी केनले पेनाल्टीमार्फत निर्णायक गोल गरे । चेल्सीका गोलरक्षक केपाले फल गरेपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका हुन् ।

 

अब दोस्रो लेग चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा जनवरी २४ तारिखमा हुनेछ । एक शून्यको झिनो हार ब्यहोरेको चेल्सीका प्रशिक्षक माउरिजियो सारीले दोस्रो लेगमा खेलमा फर्कने प्रयाप्त अवसर रहेको बताएका छन् ।

 

टोटनह्यामले चेल्सीविरुद्ध सन् १९६३ पछि लगातार तीन खेलमा जित निकाल्न सफल भयो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement