Sunday September 24, 2017 | |

मैलुङको सेयर बाँडफाँडमा चिट्ठा प्रयोग भएकोमा रसुवालीको बिरोध, प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

featured-news

२ साउन, काठमाडौँ । रसुवा जिल्लाको मैलुङ खोला जलविद्युत कम्पनीले सेयर बाँडफाँड चिट्ठा प्रणालीमाफर्त गरेको विरोधमा रसुवाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जिल्लाबासीका लागि सुनिश्चत गरिएको १० प्रतिशत शेयर बाँडफाँडमा अनियमितता भएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । कम्पनीले गरेको निर्णय तत्काल नसच्चाए आन्दोलन गर्ने रसुवाबासीले चेतावनी दिएका छन् । अति प्रभावित क्षेत्र र जिल्लाबासीका लागि लागि ३ लाख ६८ हजार १ सय ४४ कित्ता प्राथामिक शेयर जारी गरेको थियो । आयोजनाले कुल शेयरको १० प्रतिशत रसुवाका बासिन्दालाई छुट्याउनु पर्ने भएकाले शेयरको लागि आवेदन माग गरेको थियो । गएको जेठ १७ गतेबाट जेठ ३१ गतेसम्म आवेदन माग गरिएकोमा रसुवाका ९५ प्रतिशतले शेयर भरेका थिए । नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा लामाले रकम भरेकै आधारमा शेयरको बाँडफाँड गरेर प्राकृतिक स्रोत माथि जनताको समान उपभोग गर्न पाउने अधिकार माथि आक्रमण आरोप लगाएका छन । रसुवाका बासिन्दाका लागि ५० कित्तादेखि १ हजार ८ सय ४० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

1_4

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • Christel लेख्नुहुन्छ    |   2017-07-17 03:27:04

    Great site. Plenty of helpful information here. I'm sending it to several buddies ans additionally sharing in delicious. And obviously, thanks for your sweat! my web site :: download Cs [Gal.ehi.nt.on78.8.27@www.ecitv.com]





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement