Thursday January 17, 2019 | |

किसानले नष्ट गरे भारतबाट ल्याएको गोलभेँडा

featured-news

काठमाडौं । नवलपरासीका किसानले भारतबाट ल्याउँदै गरेको तीन ट्रक गोलभेँडा नष्ट गरिदिएका छन् ।

 

स्वदेशी गोलभेँडाले मूल्य नपाइरहेका बेला भारतबाट गोलभेँडा ल्याएको भन्दै आक्रोशित बनेका किसानले बिहीबारराचति भारतबाट गोलभेँडा लिएर नेपाल भित्रिएका ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्कीमा नियन्त्रणमा लिएर नष्ट गरेका हुन् ।

 

किसान चौतारी नेपाल, चितवनको ‘किसान टास्क फोर्स’ को करिब ५० जनाको टोली टमाटर पोख्न नवलपरासी पुगेको थियो । किसानहरुरुले गोलभेँडा लिएर आएको ३२ एटी १७२१ नम्बरको भारतीय ट्रकमा समेत सामान्य तोडफोड समेत गरेका छन् ।

 

आफ्नो उत्पादनको भाउ नपाएका अवस्थामा दैनिक ठूलो मात्रामा भारतीय गोलभेँडा नेपाल भित्रिरहेको छ । सोहीकारण गोलभेँडा फाल्न बाध्य भएको किसानको भनाई छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement