Friday January 19, 2018 | |

रद्दीको टोकरीबाट निकालिएका मान्छे डीभी परेर अमेरिका आएः ट्रम्पले

featured-news

३ पुस, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्दीको टोकरीबाट निकालिएका मान्छे डीभी परेर अमेरिका पुगेको बताएका छन । आप्रवासीहरुप्रति कठोर व्यवहार देखाउँदै आएका ट्रम्पले पछिल्लो पटक डीभी परेर अमेरिका जानेहरुप्रति यस्तो कडा टिप्पणी गरेका हुन । उनले डीभी परेर अमेरिका जाने आप्रवासीहरु खराबभन्दा खराब मानिस रहेको पनि बताएका छन । केही समयअघि सम्पन्न एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ट्रम्पले सम्बन्धित देशले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका पुगेको बताए । पछिल्लो समय न्यूयोर्कमा आतंकवादी आक्रमणमा संलग्न व्यक्ति डीभी परेर अमेरिका पुगेको रहेको भन्दै ट्रम्प कडा बनेका छन । अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत् अमेरिका भित्राउँदै आएको छ । सन् २०१२ देखि २०१७ सम्मको अवधिमा झण्डै १७ हजार नेपाली पनि त्यहाँ पुगेका छन ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement