Sunday December 17, 2017 | |

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ– राष्ट्रपति सि

featured-news

२१ मंसिर, काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गर्नुभएको छ । तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को उदघाटन सत्रमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सो आग्रह गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति सिले यस फोरमले विकासशील देशहरुमा मानवअधिकारको संरक्षणका क्षेत्रमा गरेको प्रयासका लागि हार्दिक बधाई दिनुभएको छ । उक्त सन्देशमा उहाँले राष्ट्रको विशिष्ठ अवस्था र जनताको चाहना एवम् आवश्यकता अनुसार मानवअधिकारको संरक्षण र प्रवर्धन हुने धारणा पनि राख्नुभयो ।

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement