Thursday January 17, 2019 | |

जुवाखालबाट ७६ वर्षे वृद्धसहित २१ जना पक्राउ

featured-news

बुटवल । प्रहरीले जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ ।


बुधबार राति रुपन्देहीका विभिन्न स्थानमा छापा मार्दा उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका जुवाडेहरुको साथबाट पाँच लाख दुई हजार रुपैयाँ प्रहरीले बरामद भएको छ ।


रुपन्देहीको तिलोत्तमा-९ तीन नम्बरबाट पक्राउ पर्नेमा ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेश न्यौपाने, ५५ वर्षीय तुल्सीराम कँडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिवलाल कँडेल रहेका छन् ।


यस्तै, देवदह ३ का लोकराज भारतीको घरमा जुवा खेलिरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ परेका ब्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement