Thursday October 19, 2017 | |

एनआरएनए अाइसिसीको सचिवमा जर्मनी निवासी सन्तोष भट्टराईको उम्मेदवारी

featured-news

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि जर्मनी निवासी सन्तोष भट्टराईले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । भट्टराईले आफ्नो उम्मेदवारीसँगै सहयोगका लागि विश्वभरका एनआरएनहरुलाई आग्रहसमेत गरेका छन् । करिव २५ बर्षदेखि जर्मनीको हेम्र्वग सहरलाई आफ्नो कार्यक्षेत्र बनाएर व्यवसाय संचालन गरिरहेका भट्टराई एनआरएन अभियानमा लामो समयदेखि क्रियाशिल रहेका छन । भट्टराईले एनआरएनए जर्मनीबाट आईसीसी सदस्य, एनआरएन नेपाली नागरिकताको निरन्तरता कार्यदलको युरोप संयोजक, व्यापार तथा लगानी प्रर्वद्धन कार्यदलको सदस्य, लाप्राक नमुना बस्ती निर्माणको स्वंयसेवक परिचालक कार्यदलको युरोप संयोजक लगायतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन । उम्मेदवार भट्टराईले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई एकआपसमा जोडदै पंजीकृत सदस्यहरूको व्यवस्थापन, एक पटकको नेपाली सधैको नेपाली बनाउन सहजै नागरिकताका पाउने व्यवस्था, विश्वभर रहेका नेपालीको हकहितको सुरक्षा, मध्यपूर्वमा कामगर्ने श्रमिकहरूको हितका लागि स्थापित परोपकारी कोषलाई पूर्णता दिन, पर्यटन प्रवद्र्धन गर्न, प्रवासमा नेपाली कला, संस्कृति र साहित्यको सम्बद्र्धन गर्न, नेपाली उत्पादनको बजार बिस्तार गर्न, युवा वर्गलाई उद्यमशिल बनाउन स्टार्ट अप कार्यक्रमको ब्यवस्था गर्न तथा मुलुकको सम्वृद्धिका लागि विदेशी लगानीका साथसाथै एनआरएनहरुको सामूहिक लगानी भित्र्याउन आफ्नो विशेष पहल रहने प्रतिवद्धता व्यक्त गरेका छन ।

BHATTARAI

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement