Thursday January 17, 2019 | |

लिभरपुलको अपराजित यात्रामा पूर्णविराम, सिटी दोस्रो स्थानमा

featured-news

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको पनि अपराजित यात्रामा पूर्णविराम लागेको छ ।


शुक्रबार बिहान सम्पन्न खेलमा लिभरपुललाई २–१ ले हराउँदै सिटी लिगको दोस्रो स्थानमा उक्लियो । इत्तेहाद रंगशालामा सिटीलाई जिताउन लेरोय साने र सर्जियो अग्वेरोले गोल गरे भने लिभरपुलका लागि रोर्बेटो फिर्मिन्होले एक गोल फर्काए ।

 

खेलको ४० औं मिनेटमा अग्वेरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गगर्न सफल भयो ।


खेलको ६४औं मिनेटमा रोबर्टसनको पासमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । तर ७२ औं मिनेटमा सिटीका लागि सानेले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

 

हारपछि शीर्षस्थानमा रहेको लिभरपुल फराकिलो अंकदुरी कायम गर्नबाट चुक्यो । लिभरपुलले २१ खेलबाट ५४ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको सिटीको ५० अंक छ । छ ।


लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामको ४८ अंक छ भने चौथो स्थानमा रहेको चेल्सीको ४४ अंक छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement