Saturday July 21, 2018 | |

ओली सरकार अधिनायक तर्फ अगाडि बढेको देउवाको आरोप

featured-news

चितवन । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ अघि बढेको आरोप लगाउनु भएको छ ।

सोमवार भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै देउवाले सरकारको काम कारवाहीले देश अधिनायकबाद तर्फ अघि बढेको अनुभुति भएको वताउनु भयो । उहाँले सरकारले जनताको काम गर्न नसकेको र एकलौटी गर्न खोजेको दाबी गर्नुभयो ।

पुर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले सरकारले प्रमुख प्रतिपक्ष दलसंग कुनै सरसल्लाह नगरी एकलौटी काम गरिरहेको बताउनुभयो ।

कँग्रेसलाई व्यवास्था गर्दै अघि बढे प्रजातान्त्रिक मुल्य मान्यता अनुसार कम्युनिष्ट विरुद्ध लडाइ लड्ने देउवाले चेताबनी दिनुभयो ।पछिल्लो एक दशकको तीन चौथाई समय सरकारमा बसेका कम्युनिस्टहरु नै मुलुकको वेथितिमा मुख्य जिम्मेवार रहेको उहाको भनाई छ ।अर्को प्रसंगमा देउबाले दुई कम्युनिष्ट पार्टी मिलेका कारण काँग्रेसले पराजय व्यहोरेको बताउनुभयो ।

काग्रेस अब देशव्यापी रुपमा पार्टी संगठन सु दृढिकरण अभियानमा लाग्ने उहँले वताउनुभयो । हेटौँडामा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुन देउबा चितवन आउनुभएको हो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News