Sunday December 16, 2018 | |

सिके राउत पुर्पक्षका लागि जेल चलान

featured-news

काठमाडौं । राज्यविरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएका डा. सिके राउतलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ ।


बिहीबार जिल्ला अदालत रौतहटको आदेशले उनलाई थुनामा पठाइएको हो ।


छुट्टै मधेशका मागसहित तराईमा आफ्नो गतिविधि गरिरहेका राउतलाई गत असोज २१ गते प्रहरीले पक्राउ गरेको थियो ।


कात्तिक १२ गते राउतका आफन्तले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट गत सोमबार अदालतले खारेज गरेको थियो ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement