Sunday December 16, 2018 | |

गैरआवासीय नेपालीलाई पूँजी र प्रविधि भित्र्याउन राष्ट्रपतिको आग्रह

featured-news

पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरेकी छन् । उनले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताईन् ।


पोल्याण्डको वार्सामा आइतबार गैरआवासीय नेपाली संघ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । सो अवसरमा उनले नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्धलाई जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिइन् ।


जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुनुअघि राष्ट्रपतिको स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कार्यक्रम आयोजना गरेको थियो ।


कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, राजदूत रमेशप्रसाद खनाल, गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष डा. बुद्धिराज सुवेदी लगायतले दुई देशबीचको सम्बन्ध विस्तार गरी आपसी सहयोग आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement