Thursday October 18, 2018 | |

जापानमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव सम्पन्न

featured-news


जापान । १५ वर्ष पछि जापानमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव सम्पन्न भएको छ । टोकियोमा आयोजित नेपाली हाइकू महोत्सवले आठ बुँदे टोकियो घोषणा पत्र समेत जारी गरेको छ ।


कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजुलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल, बेलायत र जापानका लेखक तथा हाइकु कविहरु उपस्थित थिए । घोषणा पत्रमा दुई देशबीचको सम्बन्धलाई जन स्तरमा पुर्याउन साहित्यले सेतुको काम गर्ने बताइएको छ ।


भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय हाइकू महोत्सव गर्ने, नेपाली हाइकूलाई प्रवद्र्धन गर्न जापानका चर्चित कृतिहरुको अनुवाद गर्ने, हाइकू अभिमुखीकरण तालिम व्यवस्था गर्ने, बेलायत र जापानमा हाइकू केन्द्रको शाखा बिस्तार गर्ने निर्णय गरिएको छ ।


कार्यक्रममा नेपाली हाइकु केन्द्रका अध्यक्ष प्राद्यापक रामकुमार पाँडेले हाइकुमा शंकर लामिछानेको योगदान सम्झँदै डा। अभि सुवेदी, क्षेत्रप्रताप अधिकारी हुँदै हाइकु नेपालमा विकास हुन पाएको बताए । पाँडेको नेतृत्वमा नेपालबाट अश्विनी कोइराला, शिरोमणि दवाडी, विजयराज आचार्य, किरण पौडेलको सहभागिता थियो । बेलायतबाट हाइकु कवि एवम नियात्राकार कृष्ण बजगाईं सहभागी थिए ।


महोत्सवमा विभिन्न श्रष्टाका नौ वटा हाइकूका पुस्तक समेत विमोचन गरिएको थियो । विमोचित कृतिहरुमा प्रा। रामकुमार पाँडेको हन्टिंग हाइगा , नेपाली हाइकू केन्द्रको प्रकाशन नेपाली हाइकू (पत्रिका), ऋषि बरालको फुजीको फेद, किरण पौडेलको नाइलको सहारा , सिक्स सिग्नेचर, प्रकाश पौडेल माइलाको रातो साकुरा, कृसु क्षेत्रीको निलो आँसु , डा। रुपक श्रेष्ठको बुट्टे किमोना र कृष्ण बजगाईंको कुमारी रात हाईकुहरु बिमोचन गरिएका थिए ।


नेपाल हाइकू केन्द्र र अन्तर्रा्ष्ट्रिय साहित्य समाज र अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement