Thursday April 19, 2018 | |

लोहनीको नयाँ पार्टी घोषणा, राजसंस्था पुनःस्थापनाको मुख्य लक्ष्य

featured-news

१६ चैत, काठमाडौँ । डा प्रकाशचन्द्र लोहनीले आफ्नो अध्यक्षतामा राजसंस्था पुनःस्थापनाको मुख्य लक्ष्य सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन । फागनु २९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका लोहनीले बुधबार नयाँ पार्टीको घोषणा गरेका हुन् । घोषणासभामा बोल्दै लोहनीले राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत दिशा तर्फ अग्रसर बनाउन नयाँ पार्टी गठन गरेको बताए । उनले नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोगप्रति सरकार संवेदनशील बन्न नसक्दा जनता इमान्दार दलको खोजीमा रहेको भन्दै सबै समस्या समाधानका लागि पार्टी बनाएको दाबी गरे ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले संवैधानिक राजसंस्थाको वकालत गर्दै दलिय जमिन्दारी संस्कारबाट मुक्त समाज निर्माणका लागि भन्दै ७ बुँदे रणनीतिसहित पार्टीको घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा संवैधानिक राजसंस्था नेपालको एकता र नेपालीहरुबीच सदभाव राख्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

 Prakash_Chandra_Lohani

यी हुन लोहनीका सारथी
७१ सदस्यीय केन्द्रीय समितिमा केशरबहादुर बिष्टलार्इै वरिष्ठ नेताको जिम्मेबारी दिइएको छ भने गणेश शेरचन, श्याम तिमल्सिना, तारानाथ लुईटेल लगायतका नेता केन्द्रीय सदस्यको जिम्मेबारीमा रहेका छन । त्यस्तै लोहनीको समितिमा जगदिश खड्का, इन्द्र थापा, कृष्ण खरेल, केशव श्रेष्ठ, नानीमाया आचार्य, रामप्रताप शाह, रुपसिंह थापा, कमल चुडाल, रञ्जन खनाल, बृजलाल यादव, मीना स्वर्णकार, सुरेश बस्नेत, महेश्वर रोक्का लगायत पनि छन ।

Halo 

पार्टीको झण्डामा हलो नै
लोहनीले गठन गरेको पार्टीको झण्डामा हलो नै रहेको छ । चुनवा चिन्ह समेत हालो राखिने नेताहरुले बताएका छन । यसअघि लोहनीले हलो जोगाउन राप्रपा भित्र निरन्तर आफ्नो फरक मत राख्दै आएका थिए ।

 

 Dr.-Prakash-Chandra-Lohani-1

को हुन लोहनी ?
डा प्रकाशचन्द्र लोहनी पञ्चायतकालको गाउँफर्क अभियानदेखि राजनीतिमा सक्रिय छन । डा. लोहनी पञ्चायत र बहुदलमा गरी पटकपटक मन्त्री बने । अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका लोहनीलाई धेरैले भिजनरी नेताको रुपमा चिन्छन । पटक पटक मन्त्री बन्दा पनि बेदाग रहेका लोहनीले जनपक्षीय आर्थिक उदारवादको मोडलबाट देश समुन्नत बनाउनुपर्ने विचार अघिसार्दै आएका छन । राप्रपाको पूर्व अध्यक्ष समेत रहेका लोहनी पार्टीको आन्तरिक विवाद व्यवस्थापनमा कहिल्यै सक्रिय देखिएनन् बरु आफ्नै अडानमा रहिरहे । लोहनी बढी अध्ययन र लेखनमा समय दिने नेता हुन ।

 

यसमा तपाईको मत

142 प्रतिकृयाहरू प्राप्त
  • लेख्नुहुन्छ    |   2017-03-12 10:59:26

    कमल थापा एक स्वर्थी , पद लिप्सा र राजनैतीक अडान नभएको अबसरबादी रहेछ भन्ने कुरा प्रमाणीत भएकोछ सबै एक जुट भएर यसलाई एकल्याउनु पर्छ ,अहिले पाटी त्याग नै एक बिकल्प हो ,


  • Yubak Ghimire लेख्नुहुन्छ    |   2017-03-12 11:59:28

    Uhala neya gute vanda amala janu budimani huncha jasto lagxa!


  • Min Bdr Pandit लेख्नुहुन्छ    |   2017-03-13 12:34:21

    कमल थापा :- आफ्नो नैतिकता र आदर्शलाई थन्काएर, पदको लागि जता पनि र जो संग पनि मिल्ने अनि सत्ता बाट बाहिरिने बित्तिकै राष्टबादीको भएको फोश्रो कुरा गर्ने, आखिर भूपू पन्चे न परे । कमल थापाले राजालाई काध थाप्नुको कारण चाहि ज्ञानेन्द्र संग पार्टीलाई चुनाब खर्च लीनका लागि मात्र हो । कमल थापालाई चुनाबमा ज्ञानेन्द्रले प्राय एक करोड चन्दा दिन्छन । दोश्रो समिधान सभामा ज्ञानेन्द्रले चुनाब खर्च कम दिए भनेर रिसाय पनि । राजा सहितको हिन्दु राष्टको माला जपेर गणत्रंतबादीलाइ साथ् दिनु सुहाउँछ र ? यस्ता अबशर बादीहरु नेपाली राजनीतिमा अरु पनि थुप्रै छन् । विजय गच्छेदार र फोरमहरु पनि त्यस्तै हुन् । नेपाल अस्थिर हुनुको कारण पनि यिनै अबशर बादिहरुले गर्दा नै हो । यस्ता छेपाराहरुलाई नचीने सम्म देश चलाउने सक्षम र इमान्दार नेताहरु नेतृत्वमा आउन पाउदैनन । नैतिकता र आदर्श नहुनेहरु कसरि सक्षम र इमान्दार हुन् सक्छन ? उप-प्रधान मन्त्रि पद संग नैतिकता र आदर्शलाई बेच्नेहरुले अरु ठुलो फाइदा पाए भने देश नै बेच्दैनन भनेर कसरि बिस्वाश गर्ने ? यस्ता नकचराहरु कुन मुख लिएर जनता संग भोट माग्न जाने ? अनि यस्ता ढुलमुले प्रवृतिको मान्छेलाई आँखा चिम्लेर बिस्वाश गर्ने हामि जनता कस्ता ? देश परिबर्तनको जिम्मेबारीमा पुग्नेहरु नै यस्तो मति भ्रस्ट भए पछि पनि देश बन्ला र ? आदर्श हुनेहरु त् बरु भोको बस्छन तर अरुको जुठो खादैनन् । आदर्श हुनेहरु पदमा पुग्न देशलाई हानि हुने गरि कशैसंग कुनै किसिमको सम्झौता गर्दैनन् । बिगतमा जानेर वा नजानेर गल्ति गरे पनि गल्ति र कमजोरी बाट पाठ सिक्नु पर्ने होइन र ? खै त् सुधारको संकेत ? खै त् आत्म आलोचना ? राजनीति गर्ने हरुको उदेश्य पदमा पुग्नु त् हो तर देशलाई घात गरेर होइन । परिस्थि अनुसार तर्कलाई आफु अनुकुल व्याख्या गरेर सरखारमा सहबागी हुन् खप्पिस नेताहरुलाई जनताले राम्रै चिनेका छन् । नैतिकता र आदर्शमा रहेर राजनीति नगर्नेहरुले गर्दानै देशले आज यो दुर्गति भोगनु परेको हो । By:- Min bahadur pandit


  • Bblama लेख्नुहुन्छ    |   2017-03-13 01:16:07

    Jata gayeni k nai napeko thiyo ra k nai garne xan ra?


  • कमल थापा एक स्वर्थी , पद लिप्सा र राजनैतीक अडान नभएको अबसरबादी रहेछ! लेख्नुहुन्छ    |   2017-03-13 01:22:37

    कमल थापा एक स्वर्थी , पद लिप्सा र राजनैतीक अडान नभएको अबसरबादी रहेछ!





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement