Thursday April 19, 2018 | |

लोहनीको नयाँ पार्टी घोषणा, राजसंस्था पुनःस्थापनाको मुख्य लक्ष्य

featured-news

१६ चैत, काठमाडौँ । डा प्रकाशचन्द्र लोहनीले आफ्नो अध्यक्षतामा राजसंस्था पुनःस्थापनाको मुख्य लक्ष्य सहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन । फागनु २९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका लोहनीले बुधबार नयाँ पार्टीको घोषणा गरेका हुन् । घोषणासभामा बोल्दै लोहनीले राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई सम्मुन्नत दिशा तर्फ अग्रसर बनाउन नयाँ पार्टी गठन गरेको बताए । उनले नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोगप्रति सरकार संवेदनशील बन्न नसक्दा जनता इमान्दार दलको खोजीमा रहेको भन्दै सबै समस्या समाधानका लागि पार्टी बनाएको दाबी गरे ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले संवैधानिक राजसंस्थाको वकालत गर्दै दलिय जमिन्दारी संस्कारबाट मुक्त समाज निर्माणका लागि भन्दै ७ बुँदे रणनीतिसहित पार्टीको घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा संवैधानिक राजसंस्था नेपालको एकता र नेपालीहरुबीच सदभाव राख्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

 Prakash_Chandra_Lohani

यी हुन लोहनीका सारथी
७१ सदस्यीय केन्द्रीय समितिमा केशरबहादुर बिष्टलार्इै वरिष्ठ नेताको जिम्मेबारी दिइएको छ भने गणेश शेरचन, श्याम तिमल्सिना, तारानाथ लुईटेल लगायतका नेता केन्द्रीय सदस्यको जिम्मेबारीमा रहेका छन । त्यस्तै लोहनीको समितिमा जगदिश खड्का, इन्द्र थापा, कृष्ण खरेल, केशव श्रेष्ठ, नानीमाया आचार्य, रामप्रताप शाह, रुपसिंह थापा, कमल चुडाल, रञ्जन खनाल, बृजलाल यादव, मीना स्वर्णकार, सुरेश बस्नेत, महेश्वर रोक्का लगायत पनि छन ।

Halo 

पार्टीको झण्डामा हलो नै
लोहनीले गठन गरेको पार्टीको झण्डामा हलो नै रहेको छ । चुनवा चिन्ह समेत हालो राखिने नेताहरुले बताएका छन । यसअघि लोहनीले हलो जोगाउन राप्रपा भित्र निरन्तर आफ्नो फरक मत राख्दै आएका थिए ।

 

 Dr.-Prakash-Chandra-Lohani-1

को हुन लोहनी ?
डा प्रकाशचन्द्र लोहनी पञ्चायतकालको गाउँफर्क अभियानदेखि राजनीतिमा सक्रिय छन । डा. लोहनी पञ्चायत र बहुदलमा गरी पटकपटक मन्त्री बने । अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका लोहनीलाई धेरैले भिजनरी नेताको रुपमा चिन्छन । पटक पटक मन्त्री बन्दा पनि बेदाग रहेका लोहनीले जनपक्षीय आर्थिक उदारवादको मोडलबाट देश समुन्नत बनाउनुपर्ने विचार अघिसार्दै आएका छन । राप्रपाको पूर्व अध्यक्ष समेत रहेका लोहनी पार्टीको आन्तरिक विवाद व्यवस्थापनमा कहिल्यै सक्रिय देखिएनन् बरु आफ्नै अडानमा रहिरहे । लोहनी बढी अध्ययन र लेखनमा समय दिने नेता हुन ।

 

यसमा तपाईको मत

142 प्रतिकृयाहरू प्राप्त
  • कमल थापा एक स्वर्थी , पद लिप्सा र राजनैतीक अडान नभएको अबसरबादी रहेछ! लेख्नुहुन्छ    |   2017-03-13 01:22:39

    कमल थापा एक स्वर्थी , पद लिप्सा र राजनैतीक अडान नभएको अबसरबादी रहेछ!


  • माधव लेख्नुहुन्छ    |   2017-03-13 01:56:50

    सबै राजनीति पार्टीका शिर्ष नेतृत्व हरुले अाफुलाई पार्टीको सर्वेसर्वा ठान्ने सोचाइ नै गलत हो ! अाफुलाई अौलासमाएर राजनीति सिकाउने पार्टीका वरिष्ठ नेतालाई चित्तबुझ्दो काम गर्न नसक्ने ले राष्ट्र र जनतालाई के दिन सक्छन् ? डा. लोहनीले लिएको निर्णयले राप्रपा मा ठुलो भुकम्प अाउन सक्छ !


  • माधव लेख्नुहुन्छ    |   2017-03-13 02:01:37

    सबै राजनीति पार्टीका शिर्ष नेतृत्व हरुले अाफुलाई पार्टीको सर्वेसर्वा ठान्ने सोचाइ नै गलत हो ! अाफुलाई अौलासमाएर राजनीति सिकाउने पार्टीका वरिष्ठ नेतालाई चित्तबुझ्दो काम गर्न नसक्ने ले राष्ट्र र जनतालाई के दिन सक्छन् ? डा. लोहनीले लिएको निर्णयले राप्रपा मा ठुलो भुकम्प अाउन सक्छ !


  • Ram Kumar लेख्नुहुन्छ    |   2017-03-13 02:55:05

    dr. sahab hajur well com xa


  • Ram Kumar लेख्नुहुन्छ    |   2017-03-13 02:56:26

    dr. sahab hajur well com xa





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement