Sunday September 24, 2017 | |

चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गरिएको मुद्दा हेर्दाहर्दैमा

featured-news

२ साउन, काठमाडौँ । भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दा हेर्दैमा रोकिएको छ । न्यायाधीशहरु चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासमा परेको रिटको सुनुवाई सोमबार पनि नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । मुद्दामा मंगलबार पनि सुनुवाई हुनेछ । यसअघि गत शुक्रबार र आइतबार पनि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । आफ्ना पतिलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement