Saturday June 23, 2018 | |

राजीको सफलताले एलीया मख्ख

featured-news

मेघना गुल्जरको ‘ राजी ’ अहिले भारतीय चलचीत्र बजारमा अत्याधीक सफल भइरहेको छ । दोश्रो बुधबार अलिया भाट र विक्की कौशलको मुख्य अभिनय रहेको यो चलचीत्रले ३.१५ करोड रुपैया कमाएको छ । यसले दोश्रो साताको बक्स अफीस कलेक्सन ३१.८९ करोड पुगेको छ भने हालसम्मको कुल कमाइ ८८.४८ करोड रुपैया पुगीसकेको छ । सन् १९७१ को समय र त्यसबेलाको पाकिस्तानसंगको लडाइलाई चलचीत्रको मुख्य विषय बनाइएको छ । चलचीत्रकै बारे निर्माता मेघना गल्जरको भनाइ यस्तो छ, ‘त्यो समय र अहिलको संबेदनामा केही फरक छ । ’ फील्मको उद्धेश्य संसारका सबैलाई एउटै मियोमा बाध्नु पर्छ भन्ने रहेको पनि गुल्जरले बताए । अभिनेत्री अलिया भाटले यो चलचीत्रको सफलताले आफूलाई गौरवान्वीत तुल्याएको प्रतिक्रिया दिइसकेकी छिन् । –एजेन्सी

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement