Monday December 10, 2018 | |

नखुल्ने अन्यौलता समाप्त गर्दै पुन : खुल्याे डिभी

featured-news

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख देखि आवेदन खुलेको छ ।


डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौलता समाप्त गर्दै पुन एकपटकका लागि मात्र डिभी लोटरी खुल्ने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटका तर्फबाट जारी सुचनामा जनाइएको छ ।


आगामी अक्टोबर ३ तारिख पूर्वीय समय अनुशार मध्यान्हदेखि नोभेम्बर ६ तारिख मंपूर्वीय समय अनुसार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटका तर्फबाट जारी सुचनामा जनाइएको छ ।


अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दै आईरहेको छ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३९ ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिकामा आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।


आर्थिक वर्ष सन् २०२० का लागि ५०,००० डाइभर्सिटी भिसा उपलब्ध गराइनेछ । डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन ।

 

चिठ्ठा पर्ने आवेदकहरू “विजेताहरू” ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । डिभीका उम्मेदवारहरूको चयन कम्प्युटरद्वारा विनाक्रमबद्ध तरिकाले गरिन्छ ।


भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement