Friday November 16, 2018 | |

‘अमेरिकन बाबु मेडइन नेपाल’ को ‘च्यारिटी शो’ सम्पन्न

featured-news

काठमाडौं । चलचित्र निर्माता राजेश गुरुङ र समाजसेवि दीपा बोहरा ऐरको संयुक्त प्रयासमा काश टोल सुधार समिति पक्नाजोल वडा नम्बर १६ को सहयोगार्थ ड्रिम गेट्स निमार्णको लागि च्यारिटि शो सम्पन्न गरेको छ ।


नेपाल भन्दा ८ वर्ष पछि मात्रै निमार्ण भएको हालको अमेरिका विश्वका मानिसहरुका लागि सपना जस्तै बन्न सफल भएको छ । कतिपय अन्य नागरिकका लागि विपना र कतिपय मानिसको लागि सपना बनेको अमेरिका नेपालीहरुको लागि भने आँखाले देखेको सपना हो ।


विकासमाको दृष्टिकोणले अब्बलता हासील गरेको अमेरिकामा बस्ने नेपालीहरु र केही नेपाली कलाकारहरुले ‘अमेरिकन बाबु मेडइन नेपाल’ नामक चलचित्र निमार्ण गरेका भएपनि उक्त चलचित्रको नेपालमा राजधानीको कमल पोखरीमा रहेको सिटिसी महलमा एक च्यारिटी ‘शो’ सम्पन्न गरिएको छ ।


राजेश गुरुङ निर्माता रहेको चलचित्र ‘अमेरिकन बाबू मेडईन नेपाल’का निर्देशक ईश्वर थापा हुन । चर्चित अभिनेत्री नन्दीता केसी, नायक बाबु बोगटी, स्मृति पोखरेल, प्रियङ्का ऐर, अञ्जली लामा, प्रवेश उप्रेती लगायतको अभिनय फिल्म केहि महिना पछि मात्र प्रदर्शनमा आउने बताईएको छ ।


नेपालीहरुले अमेरिकालाई कसरी लिन्छन ? अमेरिकामा पुगेर नेपालीहरु कत्तिको खुसि छन् ? अमेरिका नेपालीहरुको लागि कस्तो देश हो ? अमेरिकी नेपालीहरु मातृभूमिलाई कसरी सम्झिने गर्छन् ? लगायतका तमाम प्रसंगहरु चलचित्रले दर्शाउन खोजेकोले नेपाली दर्शकका लागी निकै फलदायी हुने निर्माताको दावी छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement