Sunday December 17, 2017 | |

पोखराको लेकसाइडमा ग्यास सिलिन्डर विस्फोट, दुईजना गम्भीर घाइते

featured-news

२५ असोज, कास्की । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए । प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि के भएर ग्यास बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । विस्फोटबाट दुवै जनाको हात, खुट्टा र अनुहारमा आगोले पोलेको छ ।

यसमा तपाईको मत

2 प्रतिकृयाहरू प्राप्त
  • Edwina लेख्नुहुन्छ    |   2017-10-12 09:50:01

    Very great post. I simply stumbled upon your blog and wanted to mention that I have truly loved surfing around your weblog posts. After all I will be subscribing in your rss feed and I am hoping you write again soon! Review my webpage ... wordpress optimization (ow.ly)


  • Rolland लेख्नुहुन्छ    |   2017-10-12 12:53:20

    You really make it seem so easy with your presentation but I find this matter to be really something which I think I would never understand. It seems too complex and extremely broad for me. I'm looking forward for your next post, I will try to get the hang of it! My web page - Speed Up wordpress (agape.Care)





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement