Friday November 16, 2018 | |

गच्छदारलाई उपसभापति बनाएकोमा प्रकाशमान असन्तुष्ट

featured-news

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।


बुधबार जोरपाटीस्थित नयाँवस्ती यूवा क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले गच्छदारलाई पार्टी विधानको प्रावधान विपरित सभापति देउवाले अप्रजातान्त्रिक ढंगले मनोनित गरेको भन्दै असन्तुष्टि जनाए ।


नेता सिंहले सभापति देउवालाई आफूसँग बहुमत छ भन्दैमा जथाभावी गर्दै हिँडेको आरोप समेत लगाए । उनले पार्टीलाई विधि र विधानसम्मत ढंगबाट अगाडि बढाउन देउवालाई चेतावनी समेत दिए ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement