Tuesday August 21, 2018 | |

कान्छीको प्रचार टोली चितवनमा

featured-news

चितवन । नायिका स्वेता खड्काको निर्माणमा बनेको चलचित्र ‘कान्छी’को प्रचार टोली आईतबार चितवन आईपुगेको छ । चितवनमा पत्रकार सम्मेलन गरी निर्मात्री तथा नायिका स्वेता खड्का र कलाकार दयाहाङ राईले जनजीवनमा घटिरहेको समसामयिक विषयमा कान्छी तयार भएको बताउनु भएको छ ।

‘मात्रै प्रस्तुति फरक छ, कान्छी भन्ने वित्तीकै जुन मायाँ ममता जाग्छ, चलचित्रमा पनि त्यही छ,’ खड्काले भन्नुभयो । उक्त चलचित्र फागुन ४ गते नेपालभर प्रदर्शनमा आउँदै छ । अहिले निर्माण समुह प्रचार अभियानमा जिल्ला जिल्लमा छ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र स्वेता खड्का छन् ।

पत्रकारका वीच बोल्दै कलाकार राईले सानो सपना र ठुलो दुखको भोगाई नै चलचित्र कान्छी हो’, भन्नुभयो । उहाँका अनुसार उक्त चलचित्रमा समकालिन साथीहरुको कथा समेटिएको छ । पत्रकारको जिज्ञासामा उहाँले चलचित्रमा प्रिय कान्छी रहेको र जुन पूरुषवादी सोचको कान्छी भने नभएको उल्लेख गर्नुभयो । उनीहरुले चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मी र नायक स्वर्गीय श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै चलचित्र उत्कृष्ट बनाउने कोशिष गरेको बताएका छन् ।

चलचित्रको ‘चरि चट्ट परी’ भन्ने गीत अहिले चलचित्र नगरिमा चर्चित छ । नायिका खड्काले रेग्मी कै चलचित्र ‘कहाँ भेटिएला’मा चितवनबाटै पहिलो अभिनय शुरु गर्नुभएको थियो । फष्ट अभिनयको प्रयोग चितवन हो, त्यसैले चितवन मेरो माईती हो खड्काले भन्नुभयो, शिव सर र दादा (श्रीकृष्ण)ले कतैबाट आशिर्वाद दिईरहेको महसुस भैरहेको छ ।

उहाँले यसको कथा भने कोहिनूर चलचित्र छायाँकन कै क्रममा भारतमा तयार भएको भएपनि अहिले फरक रुपमा प्रस्तुत गरिएको बताउनुभयो । चलचित्रमा अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मीले त्यो बेला पहिले सिनेमामा ल्याउँदै श्रीमान स्व रेग्मीले उत्कृष्ट नायिका हुन्छ भनेको कुरा आज साकार भएको महसुस भएको बताउनुभयो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News