Monday December 10, 2018 | |

एक दिवसीय श्रृङ्खलामा भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड विजयी

featured-news

क्रिकेटको एक दिवसीय श्रृङ्खला इंग्ल्याण्डले जितेको छ । पहिलो खेल गुमाएको घरेलु टोली इंग्ल्याण्डले त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै तीन खेलको शृङ्खलामा २–१ को जित निकालेको हो ।


लिड्सको हेडिङ्गली मैदानमा मंगलबार राति भएको तेस्रो एक दिवसीयमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै श्रृङ्खला आफ्नो बनाएको हो । भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इंग्ल्याण्डले ४४ ओभर तीन बलमा दुई विकेट गुमाएर पुरा गर्यो ।


उसका लागि जोए रूटले नटआउट शतकीय पारी खेले, उनले १२० बलमा १० चौकाको सहयोगमा १०० रन बनाए। यस्तै कप्तान इयान मोर्गनले १०८ बलमा ९ चौका र एक छक्काको सहयोगमा नटआउट ८८ रन बनाए। जेम्स विन्स २७ तथा जोनी बाइस्र्टोव ३० रन बनाएर आउट भएका थिए ।


भारतका लागि शार्दुल ठाकुरले १ विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले ७१ रनको सर्वाधिक पारी खेले। ७२ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए। यस्तै महेन्द्रसिंह धोनीले ४२ तथा शिखर धवनले ४४ रन बनाएका थिए ।


इंग्ल्याण्डका डेविड विली र अदिल रशिदले समान तीन/तीन विकेट लिए ।


यो हारसँगै भारतको सिरिज जितको यात्रामा ब्रेक लागेको छ । कीर्तिमानी यात्रामा अगाडि बढेको भारतले अहिलेसम्म लगातार ९ वटा बाइल्याट्रल सिरिज जितेको थियो ।
आयरल्याण्ड र इङ्ल्याण्ड भ्रमणमा रहेको भारतलेले पहिलो वान डे खेल ८ विकेटले जितेको थियो भने दोस्रोमा ८६ रनले पराजित भएको थियो ।


अब भारतलेले इङ्ल्याण्डसँग ५ म्याचको टेष्ट सिरिज खेल्नेछ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement