Sunday September 24, 2017 | |

जापानमा रहेका नेपालीहरूको इन्जिनियर र विद्यार्थी संगठनले भव्य सिम्पोजियम गर्दै

featured-news

टोकियो । जापानबासी नेपाली इन्जिनियरहरूको संस्था (NEAJ) र विद्यार्थीहरूको संस्था (NESAJ)ले हरेक वर्ष गर्दै आएको सिम्पोजियम यो वर्ष संयुक्तरूपमा आउँदो जुलाई महिनाको ८ तारिख शनिबार टोकियोमा गर्ने तयारी गरेको छ । Knowledge Sharing for the Welfare of Nepal and Nepali भन्ने शिर्षकको सिम्पोजियम आयोजनाका लागि डा० वेदप्रसाद काफ्लेको संयोजकत्वमा १० सदस्यीय आयोजक समितिको गठन गरिएको छ । टोकियो सहरको पश्चिम भागमा अवस्थित एसिया युनिभर्सटीको हलमा गरिने उक्त सिम्पोजिमयमा नेपाली प्रद्यापक, इन्जिनियर, विद्यार्थी लगायत विभिन्न पेशामा स्थापित बौद्धिक व्यक्तित्वहरूबाट समसामयिक विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नेछन ।


सन् १९९७ मा स्थापित जापानमा रहेका नेपाली विद्यार्थीको पुरानो छाता संगठन NESAJ र २००३ साल स्थापित जापानमा रहेका नेपाली इन्जिनियरहरूको संगठन NEAJ ले गत वर्षबाट संयुक्त रूपमा सिम्पोजियमको आयोजना गर्दै आएको छ । त्यो भन्दा पहिले यी संस्थाले छुट्टाछुट्टै रूपमा वार्षिक सिम्पोजियमको आयोजना गर्दथे । NESAJ ले गरेको यो नवौं सिम्पोजियम हो भने, NEAJ ले गरेको दशौं । वर्षै पिच्छे अलग अलग ठाउँमा गरिने यी सिम्पोजियमहरू अहिले सम्म टोकियोका अतिरिक्त ओसाका, क्योटो, फुकुओका तथा मात्चुयामामा सम्पन्न भइसकेका छन् । यो सिम्पोजिमयको विस्तृत कार्यक्रम चाडै नै NEAJ र NESAJ होमपेज (neajc.org, nesaj.info) मा राखिने भएको छ । टोकियो बासी नेपालीहरूले सिम्पोजियममा सहभागी भई नेपाली बौद्धिक समुदायसँग अन्तरक्रिया गरी ज्ञान मूलक जानकारी पाउन सक्ने NESAJ का उपाध्यक्ष राजु तिवारीले बताएका छन । 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement