Wednesday November 21, 2018 | |

विश्वकपको सेमिफाइनल मंगलबारदेखि : कुन खेल कोसँग ?

featured-news

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलका खेलहरु सकिएका छन् । यससँगै फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा पुगेका छन् ।


सेमिफाइनल खेल नेपाली समयअनुसार असार २६ गते मंगलबार सुरु हुनेछ । मंगलबारको पहिलो खेल राति ११ः४५ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियमका बिचमा हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।


दोस्रो सेमिफाइनल खेल बुधबार हुनेछ । दोस्रो खेलमा पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ ।


विश्वकपमा यूरोपका टोली मात्र बाँकी रहेका हुँदा यसपटकको विश्वकप यूरोपियन राष्ट्रको पोल्टामा जाने निश्चित भइसकेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement