Wednesday November 21, 2018 | |

कविता : हजुरबाको सन्देश

featured-news

-निहारिका एस.एस., काठमाडौं । 

 

बाबु,
तिमी बुद्ध नबन्नु स्वयम्भूको जस्तो,
जो बुद्ध आफ्नै आंखा अगाडि भएको
हत्या,हिंसा र मारकाटको बिरोध गर्न सक्दैन,
र,
चुपचाप निरीह हेरिरहन बाध्य छ । 

 

बाबु
तिमी पोष्टर पनि नबन्नु
कुनै भव्य होटेलको, असभ्य कोठामा सजिएको ,
जसले ,
भुस्तिङ्ग्रेहरुको सामूहिक बलात्कारको पीडाबाट
निस्केको कुनै अपहरित अबोध बालिकाको
असहैय चित्कार सुनेर पनि हासिरहन सकोस् । 

 

बाबु
तिमी गुलाव पनि नबन्नु
जसलाइ कुनै धुर्त प्रेमिकाले
कुनै सज्जन प्रेमीलाइ फसाउन
प्रेमको नाटक गर्न दुरुपयोग होस् । 

 

बाबु
तिमी त अविरल,अविचल नदी बन्नु,
छिचोल्नु पहाडहरु, फुटाउनु चट्टानहरु
छेक्यो भने तिम्रो गन्तब्य, रोक्यो भने तिम्रा पाइला
र,आफै पन्छयाउनु आफ्नो अबरोध ,अनि मैदान पुग्नु । 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement