Friday November 16, 2018 | |

गजल : आफैले कोहि पराइ बोकेर.....

featured-news

–पहल असिम

  

आफैले कोहि पराइ बोकेर कोहि आफ्ना बोकेर 
सम्बन्ध बिग्रेको हो काँधमा बिचौलिया बोकेर

  

आखिर एकदिन घाटसम्मको यात्रा गर्नु छँदैछ  
तिमि फगत बाँचिरहेछौ अन्दाजमा शंका बोकेर

  

अभावको अँध्यारो पाठशाला लिएर फर्किदैछु  
आएको थिएँ यो सहरमा सपना सुनौला बोकेर

  

अब यहि माटोमा सुन रोपेर हिरा फलाउनु छ  
छोरो परदेशबाट फर्किएको छ एक ऊर्जा बोकेर  

  

कसले उठाउला कसले जलाउला गरिबको लास  
निर्जिव भगवान भेट्न त जानुपर्छ पैसा बोकेर ।

 

-कमलबजार नपा ४, चाल्सा अछाम (हाल सुर्खेत)

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement