Monday December 10, 2018 | |

गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलन काठमाडौंमा हुने

featured-news

काठमाडौं । गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन हुने भएको छ ।


बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ले पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागेको जनाएको छ । शुक्रबारदेखि हुने सम्मेलनमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।


गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।


मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताए । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिए ।


सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने जनाइएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement